सुचनाको हकको प्रयोग
नेपालमा सुचनाको हक समबन्धि एन र कानुन आएको लगभग ७ बर्ष बित्न लाग्यो | तर सरकारी पक्षको अनुतार्दायी र गैर्ह जिम्मेवारीको कारण यसको बारे जनताले हाल सम्म बुझ्न सकेको छैन । सन्दर्भ महिला हिंसा संग सम्बन्धित हो । नेपालमा बिद्मान कानुन अनुरुप घरेलु हिँसा,या अन्य कुनै किसिमको हिंसाले पिडित महिलालाइ जिल्ला महिला तथा बालबालिका समितिको निर्णय मार्फत महिला तथा बालबालिका कार्यालयले सहयोग रकम उपलब्ध गराउने गर्छ । म एउटा तालिमको शिलशिलामा गएको बखत यो कुरा जानकारी पाए । यसको लगतै मैले पर्सा जिल्लामा महिला तथा बालबालिका कार्यालयमा २०७०/७/२४ गते सुचनाको हक २०६४ को नियम बमोजिम निवेदन दर्ता गराई मैले आ.ब. ०६९/७० र ०७०/०७१ मा हिँसा बाट पीडितले लिएको सहयोग रकम बारे कसले कसले लिए भनेर माग गरे र सो सुचना को जवाफ पाए । जसमा क्षतिपूर्ति लिएको देखियो । यसले के देखिन्छ कतिपय घटनाहरु बाहिर आउदैन कारण ति गरिब महिलाको आर्थिक स्थितिको कमजोरी ,सामाजिक डर , र सुरक्षा को कमि । मात्र त्यस्तो घटनामा सुबिधा दिएको पाइयो जुन मिडियाको मार्फत राम्ररी कभरेज भएको हुन्छ ।यसरी दिने गरेको सेवा सरकारले प्रचार प्रसार गर्यो भन्ने त्यस्ता पिडित महिला र कतिपय घटना बाहिर आउछ । सुचनाको हक प्रयोग गरेर आफ्नो अधिकार बारे जानौ ।


well done boss