किन छाडी गयो तिमि राकेश
मिर्त्यु शब्द नै यस्तो हो कि सुने बितिकै मन्मस्तिस्क मा खैलाबैला हुन्छ। यस्तै झन कोहि नजिकको व्यक्तिको हो भन्ने उक्त व्यक्ति संग बिताएकापलहरु याद आउछ। यो त निश्चित हो जन्मे पछि एक दिन मर्नुपर्छ यो ससारको र समयचक्र पनि हो।
यो लेख्दा मेरो मंनको भाव्ना र कौतुहलतालाई व्यक्त गर्ने माध्यम बनाएको छु। सधै झैँ हिजो नाइट डियुटी पछिको बिदा परेको थियो। साथै मेरो मित्रको छोराको पास्नी थियो। केहीबेर आराम गरि साथीको घरमा गएर भेटघाट र तयारी बारे बुझ्न गए। त्यस पछि ६ बजे देखि नै भोज कार्यक्रम थियो। भोज खाने कार्यक्रम सुरु भएको केहि बेरमै फोन आयो कि सह लेखापालको मोटरसाइकल दुर्घटनामा परेको छ भनेर। मैले जवाफमा परवानिपुर पुग्दा फोन गर्नु म आउछु भनेर जवाफ दिए। भोज कार्यक्रम चलि रहदा अनेकौ अनुत्रित प्रसंन आइरहन्थ्यो कारण मेरो मित्रले जहिले पनि दुखेसो पोख्छ कि म समय दिदैंन भनेर।यहि सोच्दै भोज कार्यक्रममा व्यस्त थियो। लगभग ७ बजे तिर फोन आयो कि बिरामी इमर्जेन्सीमा पुग्यो भनेर। म कसैलाई केहि नभनिकन नारायणी अस्पताल को इमर्जेन्सीमा पुगे। त्यहा साथीहरुले सलाइन लगाएर डाक्टर कल गरिरहेको थियो। पुग्दा मैले बिरामीको अवस्था हेरे पछि रगतको लागि ब्लड बैंक मा गए। यता डाक्टर चित्रंजन साह सर्जन आइपुगेको थियो। वहाले तुरुन्त अप्रेसन गर्ने निर्णय लिनु भो र अप्रेसन थिएटर मा बिरामी लग्यो। ब्लड बैकमा रगतको ब्यबस्था गरि रगत इन्फियुज सुरु भो। अप्रेसन पनि सुरु भो। डाक्टर जगदीश अग्रवाल डाक्टर मुकेश डाक्टर येनामुल डाक्टर मनोज रिना हेमचन्द्र हेमा दिदि लगायत म आफै अप्रेसन थिएटर भित्र थिए। पेट खोल्ने बितिकै रगत को खोलो नै बगिरहेको थियो spleen बाट र आन्द्रा ४ ठाउमा इन्जुरी थियो। तर डाक्टर चित्रंजन को सुझबुझ र ३ घन्टाको प्रयास पछि अप्रेसन सकुसल सम्पन्न भो।त्यस पछि ICU मा भेन्टिलेटर राखियो र बिरामी शिफ्ट गरियो।
सब जनाले आशा राखेको थियो उमेर काम छ कुनै रोग छैन सरभाइभ गर्छ भनेर। तर भगवानले जे लेख्या थियो त्यही भो बिहान ८ बजे तिर हामीलाई छाडी गयो। दुख लाग्नु स्वाभाविक हो तर भित्रै देखि यति मर्माहित पहिलो चोटी भएको छु जस्तो महसुस भैइरहेको छ। कारण उ अस्पतालमा आएको देखि नै दाजु भनेर बोलाउने र हासो जहिले पनि मुहारमा हुने गर्थ्यो। लगभग उसको सब परिवारलाइ नजिक बाट जानेको छु। अझ दुखित हुनुको कारण शुक्रवार घर जानेबेलामा प्रसुती भवनको गेटमा केहि आवस्कता परेर ३०००/ उ संग मागे र उसले दियो साथै आमाको अप्रेसन भएको बेडमा लगी हेर्दै गर्नु घरमा काम छ जरुरि भनेर बिदा भएर गयो। तर यहि भेटघाट अन्तिम हुन्छ भनेर के थाहा ……… २० बर्षको कलिलो उमेर जुन बेला पनि मुस्कान दि राख्ने यी यादले सधै पिरोली रहन्छ।
म अप्रेसनको क्रममा सहयोग गर्ने सम्पूर्ण डाक्टर र स्टाफ लाइ धन्यबाद दिन्छु।
नेपालमा राजनीतिक अस्थिरता ले गर्दा बिकाशको क्रम नै रोकिएको छ। अब समय आइसकेको छ कि राजमार्ग नजिक ३/४ ठाउमा पुर्व देखि पश्चिम सम्म कम से कम ट्रामा सेन्टर स्थापना गरिनु पर्छ। समयमा उपचार नपाएर धेरै जनाको असमायिक निधन भैइरहेको छ।


0 comments
Comment Now