नेपाल अहिले संक्रमणकालीन स्थिति बाट गुज्रिराहेको छ। यसको उन्नति बिकास प्रगति को लागी हर सम्भव आ आफ्नो ठाउबाट प्रयास भैरहेको छ। नेपाल समय समयमा बिभिन्न आन्दोलनहरु अधिकार प्राप्तिको लागी भयो। जसको लागी मीडिया ले समेत प्रभावकारी भूमिका खेलेको छ। भनिनछ कुनै पनी मुलुकको स्थिति बुझ्नु छ भन्ने त्य्हाको पत्रकारिता मीडियाको स्थिति बुझे हुन्छ। त्यस बाट धेरै स्थिति बुझन सकिन्छ।
देशको बास्त्विकता मीडियाले उजागर गरीरहेको हुन्छ। यदि उ स्वतंत्र छ भ्नने मात्र ।
तर नेपालको पत्रकारिताको स्थिति दयनीय छ। यसमा लागेको ब्यक्ति स्वतंत्र रुपमा पहिचान बनाएकाकेही बरिष्ट ब्यक्तिको अनुसार अहिले देश जसरी संक्रमणको स्थिति बाट गुज्रिरहेको छ त्यस्तै पत्रकारिता क्षेत्र पनी ।अहिले बास्त्विक पत्रकार भन्दा गैर पत्रकार हाबी भएको पाइन्छ। जसले गर्दा यो पेशा प्रति समर्पित ब्यक्ति हरुको पहिचान खतरामा छ। एक पटक बीरगंजको पूर्व पत्रकार महासंघको अध्यक्ष संग कुराकानी गर्दा वहा ले भन्नु भो की समय एक ताका थियो की समाचार लेखेको आधारमा सुधारको प्रयास हुन्थ्यो। तर अहिले समाचार लेखे पछि केहि हुदैन। नहुने होइन जसरी त्यसको प्रभावकारिता हुनु पर्ने हो त्यों अनुसार हुदैन। उदहारण को लागी बीरगंजको मुटु आदर्शनगरको रोडमा भएको पिच बारे ।पिच गरेको 2 दिनमा फूटेको त्यसको बारे समाचार पनी आयो। तर जिम्मेवार ब्यक्तिलाइ कारवाही भयेन।
आखिर यो स्थिति किन आयो ।यस प्रति बेलैमा मीडिया जगत पत्रकार महासंघ प्रेस काउन्सिल सचेत हुनु जरुरी छ। आजकल समाचार ब्यक्ति चरित्र हत्या गर्ने ब्यक्ति लाइ ख़ुशी पार्ने किसिमले समप्रेषण गरिन्छ ।जून अति नै निंदनीय हो। बस्त्विक पत्रकारलाइ आजकल पत्रकार हु भन्ने भन्न समेत लाज लाग्छ भन्नु हुन्छ एक मित्र। अहिले दशैको बेला बन्द खाम लीन ब्य्पारीको घर अगाडी लाइन लागेको देख्दा झन अचम्म लाग्यो।
0 comments
Comment Now