नेपालमा स्वास्थ्यको स्थिति

By , Comment
Share on Facebook Tweet on Twitter

नेपालमा स्वास्थ्यको स्थिति 

नेपालमा सरकारी स्तर बाट स्वास्थ्यमा निकैनै फड्को मारेको छ । सरकारी स्तर बाट दिदै आएको सेवालाइ यसरी दुइ किसिमले बुझ्दा राम्रो हुन्छ ।
१)उपचारात्मक सेवा 

नेपाल सरकार केन्द्र,बिकाश क्षेत्र,अंचल,जिल्ला,निर्वाचन क्षेत्र र गा.बि.स.स्तर सम्म बिभिन्न स्तरको माध्यम बाट सरकारले जनतालाई प्रभावकारी सेवा दिन खोजिरहेको छ । तर के समय अनुकुल त्यसमा परिमार्जन ,सुधार र बिकाशको आवस्कता छ कि छैन । बिर अस्पताल हाम्रो एक मात्र केन्द्रिय स्तरको अस्पताल हो जुन भारतको सहयोगमा निर्माण भएको छ तर समय अनुकुल सेवाहरु विस्तार हुदै गए ,जनसंख्या बढेको छ बिरामी राख्न पुगिरहेको छैन तर भवन उही हो जन शक्ति उही हो ।त्यति मात्र होइन अन्य अस्पतालहरुको सेवा पनि उस्तै हो । समय अनुकुल परिमार्जन थप जनशक्ति को आवश्कता हुदा हुदै केहि थप बिकाश भैरहेको छैन । यसको तुलनामा प्राइभेट अस्पताल र सेवा बढ्दै गैइरहेको छ । हालको जनसंख्या अनुसार प्रजातन्त्र लोकतन्त्र आए पनि कुनै पनि सरकारले सुबिधा सम्पन्न अस्पतालको स्थापना गरेको छैन ।तर खुला व्यापार नीति र अनुतार्दायी राजनीतिक इछा शक्तिको कमीले कुनै अस्पतालको स्थापना हुनसकेन ।





२)प्रबर्धनात्मक सेवा
हाम्रो देशमा यसको लक्ष्य अनुरुप नै काम  भैरहेको देखिन्छ  ।गाउ स्तर सम्म खोप सेवा ,आम सुरक्षा कार्यक्रम ,झाडापखाला को कमि हुनु , यस्ता धेरै सेवा हरु दिरहेको छ ।जुन अनुकरणीय र उदहारण छ ।जसको फलस्वरूप बाल मिर्त्यु दरमा कमि आउनु ,मातृ मिर्त्यु दरमा कमि आउनु यी यस्ता धेरै नै राम्रो काम भएको देखिन्छ ।

के गर्दा हुन्छ !

भैइरहेको अस्पतालको स्तर उन्नोती गर्दै बिशेश्ग्य चिकित्सक को नियुक्ति र समान जनक आर्थिक सुरक्षा को ब्यबस्था गर्दै प्राइभेट किल्निक बन्द गरिनु पर्ने जागिर अवधि सम्म ।नया ठाउको पहिचान गरि थप सुबिधा सम्पन्न अस्पतालको निर्माण गर्नु पर्ने । जनसंख्याको आधारमा सेवाहरु  विस्तार गर्दै जानु पर्ने जसले गर्दा विदेशिने रकम समेत रोकिन्छ ।देशको आर्थिक स्थिति बलियो हुन्छ । स्वास्थ्य बिमा हुनु पर्छ र संबिधान मा उल्लेख भए बमोजिम नागरिकको स्वास्थ्यको जिम्मेवारि सरकारको हुनेछ भन्ने अनुभूति गराउने  । अस्पतालमा निशुल्क रुपमा औषधि बितरण प्रणाली लागु गरिनु पर्ने आवश्कता छ ।

मैले लेखेको कुरा आफु स्वयम्ले बुझेको र अनुभूति गरेको आधारमा लेखेको छु ।


About the author

author
nepal samay sandarbhRealase at

Nothing

0 comments

Comment Now