स्वास्थ्य सेवा दिवस

By , Comment
Share on Facebook Tweet on Twitter

नेपालमा बिगत बर्ष देखि स्वास्थ्य सेवा दिवसको सुरुवात भएको हो। यसले गर्दा काम गर्ने कर्मचारीको मनोबल उच्च राख्नुको साथै एक आपसमा भावनात्मक सम्बन्ध बढेर जान्छ। तर  हतार हतारमा यसको तयारी गरी जसरी खाना पूर्ति गर्ने गरी कार्यक्रम सम्पन्न भयो।
उत्साहजनक सहभागिता नभएर अली दुःख लाग्यो। यसरी जनता संग प्रत्यक्ष सरोकार भएको बिषय स्वास्थ्य क्षेत्र हो। मात्र "नारा" र भासन दिएर कार्यक्रम गर्नु त हाम्रो आदत हो।जसरी भये पनी कार्यक्रम भएको देखाउनु थियो। कार्यक्रममा पार्टी जस्तै च्याउ झै खुलेको संघ संस्था को प्रतिनिधि ले दिने सम्म अस्वासन दियो ।ठुल ठुलो कुरा गर्नु देखि ब्यंग गर्नु सम्म भयो। तर नारा को कुरा गरेर मात्र हुदैन ।संस्थामा काम पनी हुनु पर्छ जसले गर्दा जनताले सेवा सजिलो संग र स्तरीय सेवा पाओस।गाउ गाउमा रहेको स्वास्थ्य संस्था समय अनुकूल थप सुबिधा सम्पन्न गरिदै जानू पर्ने हो। प्राथमिक स्वास्थ्य केंद्रमा दरबंदी अनुसारको डाक्टर को ब्यबस्था हुनु पर्यो र अनि मात्र स्तरीय सेवा प्रदान गर्न सकिन्छ। निस्पक्छ रूपमा कर्मचारीलाइ पुरुष्कार प्रदान गरी मनोबल उच्च बनाउनु पर्छ। गलती गर्ने स्वास्थ्य कर्मी लाइ कारवाहीको दायरा भित्र ल्याउनु पर्यो।

मात्र आफ्नो अधिकारको लागी लड़ाई लड़ने तर जून जनता लाइ सेवा दिन तलब खान्छ त्यों इमंदारिता पूर्वक गर्नु पर्यो। तल्लो देखि माथिलो निकाय सम्म इमंदारिता पूर्वक स्वास्थ्य सेवा दिनु पर्यो।कुरा गरेर मंच मा भासन गरेर हुदैन र गुड स्तरीय स्वास्थ्य सेवा दिन को लागी ईमानदारी पूर्वक काम गर्न जरुरी छ।


समानित पुर्व स्वास्थ्यकर्मी हरू 

About the author

author
nepal samay sandarbhRealase at

Nothing

0 comments

Comment Now